आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक ढलानमा भ्रष्टाचार गरेको समाचार लेख्दा पत्रकार ठाकुर माथि हम्ला गर्ने प्रयास

AuthorAP Khabar२०७७ जेष्ठ २१, बुधबार (३ साल अघि) ३८५ पाठक संख्या

अमित ठाकुर।रौतहट। जेष्ठ २१

रौतहट जिल्लाको गौर नगरपालिकामा प्रदेश सभा सदस्य कोषबाट सडक ढलानमा अनियमिता भएको समाचार लेख्दा ठेकेदारहरुको समुहले म माथि हम्ला गर्ने प्रयास गरेको हो। रौतहट क्षेत्र नंबर १ (क) का सांसद बाबुलाल साहको संसदीय कोषबाट ढलान भईरहेको सडकमा अनियमितता भएको भन्दै समाचार लेख्दा पत्रकार ठाकुर माथि स्थानीय ठेकेदार राजेश जयसवाल,चन्दन जयसवाल,संजिव जयसवाल,नन्का जयसवालले जाँड रक्सी खाई बाटोमा हम्ला गर्ने प्रसास गरेको हो।

गौर नगरपालिका वडा नंबर १ को दक्षिणी भेगमा दशगजा नजिक गौर लक्ष्मीपुर जोड्ने सडकमा ढलान भईरहेको ठाउँमा क्रसर बालुवाको संगसंगै नदिको बालुवा सहित खसाएको बारे भिडियो सार्वजनिक गर्दा म माथि चार जनाको समुहले हम्ला गर्ने प्रयास गरेको थियो।

बेलुकी ७:३० बजे पछि म अौषधी लिन जाँदा एकासी दुईवटा मोटरसाइकलमा सवार ४ जनै जयसवालले जाँडरक्सी खाई म माथि हम्ला गर्ने प्रयास गरेको हो।

भ्रष्टाचार बिरुद्ध समाचार लेख्दा म माथि आक्रमण गर्ने सैलीमा अाएको चार जनै जयसवालले सार्वजनिक सडकमा म माथि गालि बेईजती सहित आक्रमण गर्ने प्रयास गरेको हो।

सो ठाउँबाट म अाफ्नो ज्यान बचाई भागे पछि चार जनाकै समुहले भागेको सकडमा खोज्दै घर बाहिर अाई फोहोर गालि गरेको थियो। सडक ढलान भईरहेको ठाउँमा कुनै किसिमको बोर्ड नलागेको र सडकमा बिना ग्रेबलको ढलान भईरहदा समाचार लेखेको खण्डमा म माथि चार जनै ठेकेदार जैयसवालहरु आक्रमण गर्ने प्रयास गरेको थियो।

मलाई पछि हेर्ने यस्को परिणाम के हुन्छ भने धम्की दिदै चार जनै ठेकेदार जयसवालले योजना बनाई आक्रमण सैलीमा मार्न अाएको थियो।

प्रतिक्रिया दिनुहोस