आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा लागुऔषध गाँजा सहित चार जना पक्राउ

AuthorAP Khabar२०७७ जेष्ठ २२, बिहिबार (३ साल अघि) ३०२ पाठक संख्या

अखिलेश यादव।जेष्ठ २२ रौतहट ।रौतहटमा लागुऔषध गाँजा सहित चार जना पक्राउ परेका छन् ।

रौतहट जिल्लाको ईलाका प्रहरी कार्यालय देवाही गोनाहि नगरपालिका ७ गोनाही बजारका इन्स्पेक्टर मेदनि साहको कमाण्डमा गएको गस्ती टोलीले राति करिब ३ बजेको समयमा मौलापुर देखि जयनगर तर्फ जाँदै गरेको बा ६४ प ९३०७ र,ना ४५ प ६३९८नंबर को २२० cc को मो.सा. माथि शंका लागि चेकजाँच गर्दा चारवटा झोलामा ४ पिस अ. २० किलो लागुऔषध गाँजा सहित चार जना मानिसहरु लाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने जिल्ला मकवानपुर हेटौडा उ.प.न.पा. वडा न. १२ पदमपोखरी बस्ने अ. वर्ष १८ को सागर लामा र सोही ठाउँ बस्ने अ. वर्ष १८ को अंकित लामा मकवानपुर कैलास गा. पा. वडा न. ०९ कुमलटार बस्ने अ. वर्ष २८ को बिसाल लामा जिल्ला मकवानपुर हेटौडा उ.प.न.पा. वडा न. ११ थाना भर्याङ बस्ने अ. वर्ष २७ को निरज लामा समेत ४ जना नियंत्रण मा राखी अनुसन्धान भैरहेको इन्स्पेक्टर साह ले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस