आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहीबार थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

AuthorAP Khabar२०७७ जेष्ठ २२, बिहिबार (३ साल अघि) ४१७ पाठक संख्या

जेष्ठ २२ काठमाडौं : आज थप ३३४ जनामा कोरोना पुष्टि भएको छ। जसमा ३१९ जना पुरुष रहेका छन् भने १५ जना महिला रहेका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रतिक्रिया दिनुहोस