आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसोले दुई वृद्धाको मृत्यु

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ४४५ पाठक संख्या

महोत्तरी , पुष १२ :  विगत केही दिन देखिकाे चिसोकाे प्रभावले  तराईमा  दुई  वृद्धाको मृत्यु भएको छ । चिसाेकाे कारण जलेश्वर नगरपालिका –७ बखरी निवासी ६५ वर्षीया दौलतिया देवी कापरको मृत्यु भएको हो ।

केही दिन देखि चिसोले बिरामी परेकी मृतक वृद्धा कापरलाई बुधबार बिहान जलेश्वर अस्पतालमा उपचार सम्भव नहुने भएपछि  घर लगिएको केही घन्टापछि मृत्यु भएको परिवारले जनाएकाे छ ।

त्यस्तै जलेश्वर नगरपालिका – ५ पर्सामा समेत एक वृद्धाको पनि मृत्यु भएको थियो । उनको पनि चिसोका कारण मृत्यु भएको स्थानिय तथा परिवारले बताएका छन् । तर, त्यसको पुष्टी भने हुन सकेको छैन ।

तराई मधेशमा चिसो बढ्दै गर्दा मृतकको संख्या समेत बढ्दै गएपनि अधिकांशलाई कानुनी प्रकिृया थाहा नहुँदा समेत चिसोले मर्नेको यकिन तथ्यांक बाहिरिन समस्या भएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस