आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज डीभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै

AuthorAP Khabar२०७७ जेष्ठ २४, शनिबार (३ साल अघि) ५४८ पाठक संख्या

जेष्ठ २४ काठमाडौंः आज (शनिबार) राति अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक गर्ने भएको छ ।

अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९ः४५ बजे सार्वजनिक हुने जनाइएको छ । शुक्रबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भी २०२१ को नतिजा शनिवार सार्वजनिक हुनेबारे जानकारी गराएको हो ।

नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ ।

नतिजा थाहा पाउन कृपया शनिबार जेठ २४ रातिको ९ः४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी हेर्नुहोला । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस