आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक अध्ययन अनुसार सेक्सले छुटाउँछ लागुपदार्थर्को कुलत

AuthorAP Khabar२०७७ जेष्ठ २५, आईतबार (३ साल अघि) ५७३ पाठक संख्या

जेष्ठ २५ एजेन्सी : यौनसम्बन्धी क्रियाकलाप जस्तै पोर्न साइट हेर्ने बानी भएका व्यक्तिलाई चेन स्मोकरलाई जस्तो हुन्छ कि हुँदैन भन्ने विषयमा गहन अध्ययन जारी रहेको छ। क्याम्ब्रिज विश्वविद्यालयका अध्ययनकर्ताहरूले पोर्न भिडियो हेरि रहने १९ जना मानिसको दिमागको अध्ययन गरेका छन्।

यौनको लत भएका व्यक्ति र लागूपदार्थ प्रयोगकर्ताको दिमागमा उल्लेखनीय समानता पाइएको छ। यी दुई व्यक्तिबीचको सम्बन्धबारे पहिलो अध्ययन भएको हो ।

अध्ययनका क्रममा पोर्न हेरेको समयमा दिमागको त्यही भाग सक्रिय भएको पाइयो, जुन लागू प्रयोग कर्ताले आफूलाई मन पर्ने लागूपदार्थ देख्दा हुन्छ। अध्ययनमा सहभागी दुईजना यस्ता व्यक्ति थिए, जसले कामका समयमै पोर्न साइट हेरेका कारण जागिर छोड्नुपरेको थियो। तीमध्ये चारजनाले पोर्न साइट यौनसेवा दिनेसम्म पुग्ने माध्यम भएको बताए। अध्ययनकर्ताहरूले यौनसम्बन्धी विचारबाट प्रभावित हुने व्यक्ति र सामान्य स्वस्थ व्यक्तिको दिमागको पनि तुलना गरेका छन्।

लागूपदार्थ र यौनको लत भएकाको तुलना गर्दा उमेरलाई ध्यान दिनुपर्ने बताइएको छ। अहिले इन्टरनेटमा सजिलै पोर्न साइट हेर्न मिल्ने भएकाले युवावर्ग नकारात्मक शैलीतर्फ ढल्किरहेकोमा ध्ययनकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। एसोसिएसन फर ट्रिटमेन्ट अफ सेक्स एडिक्सन एन्ड कम्पलसिभिटीसँग सम्बन्धित पल हल भन्छन्, इन्टरनेटले २४ घन्टै यौन सामग्री उपलब्ध गराइरहेको छ। यसले आजको युवापुस्तालाई बिगारिरहेको छ। यौन क्रियाकलाप हेर्दा जति आनन्द आउँछ, त्यति नै ऊर्जा खर्च हुन्छ। त्यसैले युवावर्ग सिर्जनशील र क्रियाशील हुन सकिरहेका छैनन्।

यसैबीच अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीले गरेको अर्को एक अध्ययनमा औसत पुरुषले दिनमा १९ पटक सेक्सबारे सोच्ने गरेको पाइएको छ। अध्ययन कर्ताहरूले प्रयोगकर्तालाई अनुभवको आधारमा बटन थिच्न लगाइएको थियो। यौन, खाना र निद्रा गरी तीन अनुभव बुझाउने बटन थिए। ओहियो स्टेट युनिभर्सिटीका प्रमुख अध्ययनकर्ता टेरी फिसरले भने, ुएक व्यक्तिले औसत दिनमा १९ पटक सेक्सबारेमा सोच्ने गरेको पाइयो।

विचार कस्तो र कति समय लामो थियो भन्नेबारे चाहिँ अध्ययन गर्न बाँकी छ। यस्तै न्युयोर्कको रोचेस्टर युनिभर्सिटीले गरेको एक अध्ययनमा रातो पोसाकमा सजिएकी महिलाले अरूलाई आकर्षित गर्ने पाइएको छ। महिलाहरूले पनि रातो पोसाक लगाउँदा पुरुषहरू नजिक आउन खोजेको अनुभव सुनाएका छन्। यस अध्ययनवाट लागुपदार्थ सेवन गर्ने प्रयोगकर्ताले लागु पदाथर्को कुलत छोडनुको लागि सेक्सको साहारा लिनुपर्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस