आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिन्छ : शिक्षामन्त्री

AuthorAP Khabar२०७७ जेष्ठ २९, बिहिबार (३ साल अघि) ३३४ पाठक संख्या

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताउनुभएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिनुभएको हो ।

लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।

माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभएको छ ।

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस