आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तर्राष्ट्रिय व्यापारमा बृद्धि

AuthorAP Khabar२०७७ जेष्ठ ३०, शुक्रबार (३ साल अघि) ४०८ पाठक संख्या

काठमाडौं : नेपाल र भारत दुवै देशमा लकडाउन खुकुलो हुन थालेपछि नेपालको बाहृय व्यापार बढ्न थालेको छ । लकडाउनका कारण शिथिल बनेको भन्सार कारोबारमा उल्लेख्य सुधार भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनको सुरुआती हप्ताको तुलनामा भन्सारको दैनिका कारोबार दुई अर्ब ४० करोड हाराहारीले बढेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

लकडाउनको पहिलो हप्ता दिनको ५० देखि ६० करोडको हाराहारीमा हुने गरेको औसत आयात जेठ अन्तिममसम्म आईपुग्दा दैनिक तीन अर्बको हाराहारीमा पुगेको महानिर्देशक दाहालको भनाइ छ ।

यसअघि कोरोना असर तथा लकडाउन नहुँदा दैनिक औसत ५ अर्बको भन्सारको कारोबार हुने गरेको थियो । जेठ २५ गतेसम्मको विवरणमा भन्सार कारोबार ६० प्रतिशत हाराहारीमा पुगेको महानिर्देशक दाहालले बताए ।

पछिल्लो चार दिनमा बढेको भन्सारको आयात चाप हेर्दा कारोबार ७० प्रतिशत हाराहारी पुगेको हुन सक्ने उनले बताए ।

बिहीबार मात्रै विराटनगर नाकामा नेपाल भित्रिने मालबाहक सवारी सरिसाधनको लाम केही किलोमिटरसम्म पुगेको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।

नेपाल र भारत दुबैतर्फ लकडाउन खुकुलो भएपछि केही दिनदेखि सबै नाकाबाट आयात बढ्न थालेको विभागले जनाएको छ ।

 

 

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस