आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी नायिकाको घरमा गएर डाको छोडेर रोएका थिए सलमान

AuthorAP Khabar२०७७ जेष्ठ ३१, शनिबार (३ साल अघि) ५९८ पाठक संख्या

जेष्ठ ३१ एजेन्सी :

 बलिउडमा चर्चामा आइरहने अभिनेता हुन् सलमान खान । धेरैजसो आफ्ना हिट फिल्मबाट चर्चामा आइरहने सलमान पछिल्लो समय कोरोनाभाइरसका कारण घरमै समय बिताइरहेका छन् ।

भारतिय मिडियाका अनुसार एक अन्तवार्तामा शिल्पाले सलमानको बारे कुरा गरेकी थिइन् । सलमानको शिल्पासँग अफेयर चलेको चर्चा चलेपनि उनले भने आफुहरु मिल्ने साथि मात्र भएको बताएकी छिन् ।

अन्तवार्तामा उनले सलमान आफ्नो निकै मिल्ने पारिवारीक साथी भएको बताएकी छिन् । उनले भनिन् ‘म र सलमान राम्रो पारिवारीक साथी हौँ । म कहिल्यै पनि सलमानसँग डेटमा गएकी छैन । सलमान धेरै राम्रो व्यक्ति हुन् ।’

उनले थपिन् ‘मलाई राम्रोसँग याद छ कि जब सलमान मध्यरातमा मेरो घरमा आउँथे तब उनी मेरो बुवासँग बस्थे । दुवैजना एकसाथ बसेर रमाइलो कुराकानी गर्थे र कहिलेकाँही एकदुई पेग पनि शेयर गर्थे ।जब मेरो बुवाको निधन भयो, त्यसपछि एकपटक फेरि सलमान मेरो घर आए र सिधै त्यही टेबलमा गए । र उक्त बार टेबलमा शिर राखेर रुन थाले ।

प्रतिक्रिया दिनुहोस