आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारी समायोजन फारम खुल्यो, कसलाई कति दिनको म्याद ? (सूचनासहित)

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ६५७ पाठक संख्या

काठमाडौं  , पुष १२ :   सरकारले समायोजनका लागि फाराम खुल्ला गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सूचना जारी गर्दै समायोजन फारम भर्न आग्रह गरेको हो ।

समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ । सरकारी सेवाका कर्मचारीका लागि २१ दिन र संगठित संस्थाका स्थायी कर्मचारीका लागि १५ दिनभित्र फारम भरिसक्न सूचनामा आग्रह गरिएको छ ।

.
समायोजन डट जीओभी डट एनपी www.sa mayojan.gov.np मा गएर फारम भर्न सकिनेछ । मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउने छन् ।
समायोजनको आधार ज्येष्ठतालाई मानिएकाले ज्येष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ ।

सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै कर्मचारीले सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

समायोजनको आधार ज्येष्ठतालाई मानिएकाले ज्येष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ । सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै कर्मचारीले सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

सरकारले कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम गरिएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

सरकारी सेवाका कर्मचारीहरुका लागि कर्मचारी समायोजनसम्बन्धी सूचना–१
http://mofaga.gov.np/ne/node/511
http://mofaga.gov.np/ne/node/510
http://mofaga.gov.np/ne/node/512

 

प्रतिक्रिया दिनुहोस