आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साउदी अरवको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगे

AuthorAP Khabar२०७७ अषाढ ७, आईतबार (३ साल अघि) २८२ पाठक संख्या

असार ०७ काठमाडौं : साउदी अरवको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २ सय ४७ जना नेपाली आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुषहरु फर्किएका हुन् ।

समस्यामा परेका नेपालीको बिदाई गर्न राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफैं विमानस्थल पुग्नुभएको थियो । यस्तै आज कुवेत, कतार र मलेसियाबाट पनि नेपाली स्वदेश फर्कदै छन् ।

प्रतिक्रिया दिनुहोस