आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रसौना बजार ब्यवस्थित गर्दै वडा अध्यक्ष चौधरी

AuthorAP Khabar२०७७ अषाढ ७, आईतबार (३ साल अघि) ४६४ पाठक संख्या

एपी खबर
जीतपुर : बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ मा रहेको प्रसौना बजारको ब्यवस्थापनका लासथै ढलान कार्य शुरु भएको छ । वडा र नगरको गरी करिब लाखको २० लाखको बजेटमा यो कार्य सम्पन्न हुन लागेको हो ।
कोल्हबी नगरपालिकाकै सबैभन्दा पुरानो बजारलाई थप ब्यवस्थित गर्न वडा अध्यक्ष पुरन चौधरीले यस योजनालाई अगाडी बढाउनुभएको हो ।

बजार ब्यवस्थापन गर्न बजारसंगै रहेको जनता माध्यमिक विद्यालयको पोखरीमा माटो पुरेर बजारको लागि तैयार गर्ने, पोखरी र बजारको बिचमा रहेको कुलोमा कलभर्ट बनाउन र प्रसौना बजार ढलान गर्न वडाको ५ लाख र नगरको २० लाखबाट यो काम गर्न लागिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

हाल १५ फिट चौडा र ६० मिटर लामो शुरु भएको यस बजार ढलान कार्य भन्दा पहिला विद्यालयको मातहतमा रहेको पोखरीमा मावटो पुर्ने काम, कल्भर्ट निर्माण र बजारमा बेस बनाउने काम सम्पन्न भैसकेको समेत वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यता बजार ढलान, कल्भर्ट निर्माणसंगै पोखरीलाई पुरेर बजार ब्यवस्थापन गरे पश्चात प्रसौना बजार थप ब्यापारीक रुपमा अगाडी बढ्ने स्थानिय ब्यवसायीहरुले जानकारी दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस