आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अंगीकृत नागरिकता संशोधन विधेयक समितिबाट बहुमतले पारित

AuthorAP Khabar२०७७ अषाढ ७, आईतबार (३ साल अघि) ४१७ पाठक संख्या

असार ०७ काठमाडौं : नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक आज आइतबार टुंगो लगाएको हो ।

समितिको बहुमतले यसलाई पारित गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिने चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी सात वर्ष स्थायी बसोबास गरेको वडा कार्यालयले सिफारिस चाहिन्छ भने विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए त्यसको प्रमाण वा लिएको भए परित्यामका लागि कारबाही चलाएको प्रमाण पनि पेश गर्नुुपर्नेछ ।

यसैगरी समितिले नागरिकता नपाउँदासम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘स्थायी आवासीय अनुमति पत्र’ दिइने छ । यो अनुमति पत्रका आधारमा चलअचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचविखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र अन्य कारोबार गर्न पाइने जनाएको छ ।

त्यस्तै पेशा र व्यवसाय सञ्चालन गर्न, उद्योग, व्यापार तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । साथै जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईसराई जस्ता व्यत्तिलगत घटना दर्ता र राष्ट्रिय परिचय पत्र समेत लिन सकिनेछ । अंगीकृत नागरिकता पाएपछि स्थायी आवासीय अनुमतिपत्र स्वतः खारेज हुनेछ ।

प्रतिक्रिया दिनुहोस