आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश विराेधी नागरिकता सम्बन्धी निर्णयको जसपा नेपालले गाैरमा गरे विरोध

AuthorAP Khabar२०७७ अषाढ ७, आईतबार (३ साल अघि) ५२७ पाठक संख्या

 अखिलेश कुमार यादव।असार ०७ रौतहट

– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसंग विवाद गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिन नागरिकता संशोधन ऐन विधेयक ल्याउने सहमती जनाएपछि जनता समाजवादी पार्टीले नेकपाद्धारा नागरिकता सम्बन्धी गरिएको निर्णय प्रतिलिपीलाई गौरको विपी चोकमा जलाएर विरोध जनाएको हो ।

जसपाको नेता रेवन्त झाले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी नेकपाको निर्णय सच्याउनु पर्ने माँग गरेका थिए । प्रदर्शनमा सहभागी जसपाको नेता कार्यकर्ताले सरकार र नेकपा विरुद्ध पनि नाराबाजी पनि गरेका थिए ।

नेकपाले गरेको निर्णय महिला विरोधी रहेको भन्दै जसपाको नेताहरुले यो निर्णय अनुसार नागरिकता ऐन संशोधन भएमा विदेशी बुहारी महिला माथि विभेद र हिंसा बढ्ने बताएका थिए ।

प्रदर्शनमा सहभागी जसपाको नेता रेवन्त झाले केपी ओलीको दल नेकपा र उसको नेतृत्वको सरकारले मुलुकमा कम्युनिष्ट शासन लाद्न नागरिकता ऐनमा संशोधन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

बैवाहीक अंगीकृत नागरिकता सम्बन्धि अहिलेको प्रावधान नयाँ होइन, पन्चायतकाल र बहुदलमा पनि यहि प्रावधान थियो, उनले भने, अन्तरिम संविधानमा पनि यहि प्रावधान थियो, अहिलेको संविधानमा पनि छ ।

अहिलेको नागरिकता ऐन संशोधन गरियो भने भारतबाट मत्र नभइ अरु देशबाट पनि विहे गरेर आउने महिला ७ वर्ष सम्म अनागरिक भएर बस्नु पर्ने बाध्यता हुने भएकाले जनता समाजवादी पार्टीले यसको विरोधमा आन्दोलन थालेको गौर नपाको मेयर अजय गुप्ताले बताएको छ ।

नेकपाको उक्त निर्णयका विरुद्ध जसपा सडक आन्दोलनमा उत्रिसकेकाले त्यो कदापी सफल हुन नदिने चेतावनी पनि उनले दिए ।

नेपाल र भारत बिचको सदियौं देखिको रोटी बेटीको सम्बन्ध बिगार्न कम्युनिष्ट नेतृत्वको सरकार र नेकपाले नागरिकता ऐनमा संधोशन गर्ने चलखेल गरेको गौर नगरपालिकाको उप मेयर किरण ठाकुरले बताईन् ।

‘नेकपाले दुइ बिचको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई बिगार्न खोजेको छ’, उनले भनिन् , ‘विदेशी बुहारीलाइ ७ वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हामी कदापी मान्दैनौ, त्यसका विरुद्ध जे जस्तो त्याग गर्नु पर्छ हामी तयार छौ ।’

विरोध प्रदर्शनमा जनता समाजवादी पार्टीको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर, लगायतका नेताहरु र अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस