आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बोको हरामको विद्युतीय पासाेमा परेर १३ काे मृत्यु

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ३८० पाठक संख्या

पुष १२ : बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन् ।

मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ ।

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए ।

प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

– एजेन्सी/उज्यालो

प्रतिक्रिया दिनुहोस