आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाल्पामा पहिरोले ४ वटा सवारी साधन बगायो, तीन जनाको शव फेला

AuthorAP Khabar२०७७ अषाढ ८, सोमबार (३ साल अघि) ३९८ पाठक संख्या

असार ०८ पाल्पा : पाल्पाको तानसेन रिडी खण्डमा पहिरो जाँदा ४ वटा सवारी साधन बगाएको छ भने तीन जनाको शव फेला परेको छ । साथै तीन जना घाइते भएका छन् घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरि थप उपचारका लागि खस्पताल पठाइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु पुगेका छन् ।उक्त पहिरो डेढ सय मिटर लामो छ भने अहिले पहिरो हटाउने काम भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस