आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जापान द्वारा घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास

AuthorAP Khabar२०७७ अषाढ ९, मंगलबार (३ साल अघि) ६८७ पाठक संख्या

असार ०९ एजेन्सी : जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ ।

जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण रिपोर्ट प्राप्त हुने जनाइएको छ ।

जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ ।

जापान मात्र होइन, बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । बीबीसीमा उल्लेख भएअनुसार, यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस