आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो

AuthorAP Khabar२०७७ अषाढ ९, मंगलबार (३ साल अघि) ५९९ पाठक संख्या

असार ०९ दैलेख : दैलेखमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।

असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित कर्णाली प्रदेशमा मात्र ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसअघि दैलेख र डोल्पामा एक/एकजना तथा सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

त्यस्तै कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार दिउँसो जारी सूचना अनुसार सुर्खेतमा ५, दैलेखमा १९ र कालिकोटमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

अद्यावधिक विवरण अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ सय ७ पुगेको छ । योसँगै नेपालभर संक्रमितको संख्या ९ हजार ६ सय ३५ पुगेको छ । भने २ हजार १ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । नेपालको रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस