आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट थप एक जनाको मृत्यु

AuthorAP Khabar२०७७ अषाढ ११, बिहिबार (३ साल अघि) ६५० पाठक संख्या

असार ११ पोखरा : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट थप एक जनाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएका स्याङ्जा जिल्ला सिरुवारी निवासी ५५ वर्षीय पुरुषको बुधबार राति ११ः३५ बजे मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ती व्यक्तिको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सह प्राडा अर्जुन आचार्यले जानकारी दिए ।

निमोनिया भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कोरोना पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यसअघि पनि वालिङका एक पुरुषको कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस