आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काभ्रेको बोधिचित्तमा लुटपाट, प्रहरीले गोली चलायो

AuthorAP Khabar२०७७ अषाढ १२, शुक्रबार (३ साल अघि) २४८ पाठक संख्या

असार १२ काभ्रे : काभ्रेको रोशी गाउँपालिका–३ सिपालीमा शुक्रबार बिहान प्रहरीले गोली चलाएको छ ।

बोधिचित्त लुटपाट भएको सूचना पाएपछि गाउँ पुगेको प्रहरी र हतियारधारी समूहसँग जम्काभेट हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बाटोमा बम जस्तो देखिने वस्तु पनि फेला परेको भनिएको छ । यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस