आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सभा सदस्य विकद्धारा जितपुर नगौल जोडने पर्यटन सडकको शिलान्यस

AuthorAP Khabar२०७७ अषाढ १२, शुक्रबार (३ साल अघि) ३१५ पाठक संख्या

एपी खबर
जीतपुर : जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर देखि नगौल हुदै रामबन जाने सडकको स्तरउन्नती कार्यको शुक्रवार शिलान्यास गरिएको छ । पर्यटन सडकको रुपमा चिनिने यो सडकलाई प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक शिलान्यास गर्नुभएको हो ।

प्रदेशसभाबाट प्राप्त ५० लाखको लागतमा यो सडकको बेस निर्माण गर्ने र अर्को आर्थिक वर्षमा सडक पिच गर्ने गरी स्तर उन्नती सुरु गरिएको हो । करिब ३२ मिटर चौडा बन्ने यस सडकले जितपुरदेखि पथलैयासम्मको पर्सा राष्ट्रिय निकुञ्जसंग जोडिने पर्यटकलाई सहजता पु¥याउने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य सुन्दर विकले आगामी आर्थिक वर्षमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, ६, ३ र २ लाई जोड्नेगरी सडक संजाल निर्माण गरिने गरी योजना आफू बनाएको बताउनुभयो । उहाँले आफ्नो घर अगाठी निर्माण हुने सडकको गुणस्तर सबैभन्दा पहिले आफैले गर्नुपर्ने भन्दै विकासमा कुनै कमिकमजोरी भए त्यसबारे आफुलाई जानकारी गराउन स्थानियसंग आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेकपाका नेता देवनारायण चौधरी, नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, ६ का अध्यक्ष क्यामुदिन अंसारी, ३ का अध्यक्ष जगनाथ घिमिरे, स्थानीय समाजसेवीहरु सोहन शर्मा, बिरेन्द्र गिरी, मोजाहिर अंसारी, राजुराज गिरी, सुनिल गुप्ता, तारकेश्वर सोनार, संजय पटेल, मनिर अंसारी लगायतको उपस्थिति रहेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष राजेश भक्त पौडेलको सभापतित्वमा सम्पन्न यस शिलान्यास कार्यक्रममा कालीका ढकालले सहजीकरण र दुर्गा रिजालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस