१ सय २५ किलो गाँजासहित बारा बाट तीन जना पक्राउ

देश समाचार स्थानीय

बाराको करैयामाईबाट प्रहरीले १ सय २५ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरी टोल बस्ने २५ वर्षीय सुवोधप्रसाद यादव, पर्साको बहुदरमाई नगरपालिका –९ घर भई बारा करैयामाई गाउँपालिका–४ बस्ने ६२ वर्षीय समसुल हक देवान र चितवनको राप्ती नगरपालिका–७ का ४५ वर्षीय लक्ष्मीबहादुर राई पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये यादव ना ७ ख ४२५२ नम्बरको ट्रक चालक हुन् ।प्रहरी चौकी गञ्जभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले गाँजा बोक्न प्रयोग भएको ट्रकसहित मानिसलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले सोही ट्रकमा चितवनको लोथरबाट गाँजा ल्याएका थिए । ट्रकबाट गाँजाका पोकाहरू झारेर ईंट्टा भट्टामा लगिरहेको अवस्थामा प्रहरी पुगेको थियो । बाराका प्रहरी प्रवक्ता नायब उपरीक्षक गौतम मिश्रले करैयामाई गाउँपालिका–३ स्थित बुलेट ईंट्टा उद्योगबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

त्यस्तै प्रहरीले प्र.न.२–०३–००१ प–९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *