आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा कोरोना संक्रमित व्यक्तिको मृत्यु

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ८४७ पाठक संख्या

असार १३ चितवन : चितवनमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान ७ बजे भरतपुर अस्पतालको कोभिड–१९ आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकल कोर्डिनेटर डा. प्रमोद पौडेलका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो ।

फोक्सोको क्यान्सर भएका ती पुरुषको स्वास्थ्य अवस्था शुक्रबारदेखि जटिल भएको क्लिनिकल कोर्डिनेटर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस