आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संक्रमित व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ४३६ पाठक संख्या

असार १३ पाल्पा : पाल्पामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरेका हुन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी पन्थीले पुष्टि गरे ।

उनीहरु दुई जनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए ।

शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस