आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा स्थायी कमिटी बैठक : स्वास्थ्यका कारण देखाउँदै बैठकबाट बाहिरिए ओली

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ४३४ पाठक संख्या

असार १३ काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागि भएर बाहिरिएका छन् ।

शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो भने शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए । र, केहीबेरमा निस्किएका थिए ।

बुधबारदेखि शुर भएको नेकपा कमिटी बैठकमो तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएपनि साढे ११ बजेतिर बैठक सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो ।

यता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँर्द पूर्र समय बैठकमा बस्न नसकेको बताएका थिए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।

विभिन्न वटा एजेण्डामा शुरु भएको बैठकमा नेपाल–भारत सीमा र नागरिकता लगायतका विषयमा छलफल भएका छन् । तर, एमसीसी लगायतका विषयमा ने बैठक प्रवेश गरेको छैन ।

शुक्रबारदेखि सदस्यहरुले बाल्ने क्रम शुरु भएको हो । शनिबार पनि सदस्यहरुले सीमा विवाद लगायतकै विषयमा बोल्ने एक सदस्यले बताए

प्रतिक्रिया दिनुहोस