आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा ७ जीतपुरको खल्का टोलमा सडक ढलानको शिलान्यास

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ३८१ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको खल्का टोलमा सडक ढलानको शिलान्यास भएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले धार्मीक बिधिअनुसार सो सडक ढलानको सिलान्यास गर्नुभएको हो ।

वडाको बजेटबाट करिब ५ लाखको लागतमा निर्माण हुन लागेको यस सडकले भित्री गाँउमा बसोबास गर्ने सर्वसाधारणलाई सहज हुने वडा अध्यक्ष गुप्ताको भनाई छ ।

विभिन्न कारणबस समयमा निर्माण हुन नसकेको यस सडक ढलान कार्यलाई सम्पन्न गर्न शनिवार यसको शिलान्यास गरीएको हो । शिलान्यास कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य दुर्ज रिजाल, मोहरम मंसुरी लगाएत नगरपालिकाको प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस