आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालयले नपठाएको अबधीको शुल्क र अन्य सहयोग नलिने सहमती

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ३४३ पाठक संख्या

जितपुर सिमरा सार्वजनिक सरोकार समितीको आयोजना सामुदायिक विद्यालय र निजी विद्यालयको बिचमा छलफलको आयोजना गरेको छ ।

छलफलमा कोरोना भाइरस महामारीले अभिभावको आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा विद्यालयहरुले कक्षा सञ्चालन नभएको अवधिको शुल्क नलिने र सामुदायिक विद्यालयहरूले अभिभावकहरू बाट सहयोग स्वरुप लिने गरेको रकम नलिने सहमती गरिएको छ ।

सरोकार समितिका संयोजक मनोज पौडेलको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा जनता मावि रजघट्टाका प्रअ राजु अधिकारी, नेरामाबि सिमराका अध्यक्ष राजेन्द्र गौतम, एन प्याब्सनका बारा अध्यक्ष रामप्रसाद अधिकारी, प्याब्सनका बारा अध्यक्ष हरीदेब खरेल,नेरामाबि बकुलियाका अध्यक्ष हरिनारायण चौधरी,फकिरा गिरी राजेश्वर गिरी माबिका अध्यक्ष राजु सिंह,नेरामाबि पथलैयाका प्र अ शम्भु मण्डल,नेरामाबि छाता पिपराका प्रअ पिताम्बर चौधरी,नेरामाबि सिमराका सहायक प्रअ अच्युत देव सिटौला, सरोकार समितिका सदस्यहरु कर्ण थापा,पेसल मुल्मी, बिदुर खडका,उद्धव अधिकारी,राज मडी बराल,सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस