आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सलह किरा देखिएको क्षेत्रमा कृषि विज्ञको टोलीद्धारा निरिक्षण

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ४०९ पाठक संख्या

एपी खबर
जीतपुर : फट्याङ्ग्रा जस्तो देखिने सलह किरा बारामा फेला परेसंगै त्यस क्षेत्रमा कृषि विज्ञको टोलीले निरिक्षण गरेको छ ।

लाखौंको संख्यामा एकसाथ आएको यस किराले बालिनाली सखाप पार्ने भएकोले त्यसबाट बच्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानिपुरको टोली त्यस क्षेत्रमा पुगेको हो ।

जील्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १, ४ र निजगढ नगरपालिकाको ७, ८, ९ र १३ नम्बर वडामा यस किरालाई शनिवार स्थानियहरुले बिहानै देखीएको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले जानकारी दिनुभयो ।

उहाँले यो किरामा पोष्टिकको मात्रा पाउने भएको र यस किरालाई खान मिल्ने भनिएकोले लगभग १५ सय भन्दा बढिको संख्यामा यहाँका स्थानियले समातेर पकाएर खाएको जानकारी दिनुभयो ।

यता नेपालमा यो किराले बाली नाली नष्ट गर्ने भएपनी यसकोे उत्पादन र वृद्धि हुने संभावना कम रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानिपुर निर्देशक केशवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यो सलह किरा भएपनि कुन प्रजातीको भएको भन्ने कुराको अनुसन्धान पछि जानकारी दिने बताउनुभयो । उहाँले यस किराले बारामा कुनै ठुलो क्षेती नगरेको समेत जानकारी दिनुभयो ।

सलह किरा देखिएका स्थानमा पुगेको विज्ञको टोलीले त्यहाँ देखिएको फरक किसिमको फट्याग्रा अर्थात सलह किरालाई अनुसन्धानका लागि लिएर ल्याबमा लगेका छन् ।

सलहको प्रकोप देखिएका स्थानमा कुनै पनि किरा मार्ने औषधी प्रयोग गर्न सकिने छ । यद्यपी किरा अग्लो स्थान रुखहरुमा बस्ने भएकाले हेलीकप्टर वा ड्रोनको प्रयोगबाट मात्रै औषधी छर्न सकिन्छ । यसका अलवापनीे ठुलो आवाजको सहयोगमा पनि किरा धपाउन सकिने विज्ञहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस