आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लगातारको वर्षाले सदरमुकाम गौर जलमग्न

AuthorAP Khabar२०७७ अषाढ १४, आईतबार (३ साल अघि) ३१४ पाठक संख्या

अखिलेश यादव।रौतहट असार १४ :

लगातार तिन दिनदेखि परिरहेको वर्षाले गौर नगरपालिकाको अधिकांश स्थानहरु जलमग्न भएका छन् ।गौर नगरपालिकाको वडा नम्बर १, ३, ४,५ लगायतका सडकहरूमा पानी जमेकोले गर्दा आवत जावतमा कठिनाई भईरहेको छ।

त्यसतै वडा न ४ टिकुलियामा केहि घरहरुमा पानी प्रवेश गरेको छ । सडकमा करिव १ देखि २  फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवातजावतमा समस्या उत्पन्न भएको छ ।

गौर नगरपालिकाको ५ सितल नगर टोल,कोईरी नगर, लगायतको टोल टोलमा पानी जमेको छ भने वडा नम्बर ५ मा रहेको बरहवा नदिमा पानीको बहाव बढेको छ।

त्यस्तै लगातारको वर्षाका कारण यहाँका सरकारी कार्यालयहरु गौर नगरपालिकाको कार्यालय जिल्ला कारागार कार्यालय, जिल्ला अदालत कार्यालय,जिल्ला प्रशासन कार्यालय लगायतका परिसर जलमग्न भएका छन् ।

सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको हो ।सबै भन्दा बढी क्षतिमा रहिरहने गौर वडा न ५ को सितलनगर टोलको जनता यसपाली पनि बाढिको चपेटामा पर्ने डरले सुत्न समेत सकिरहेको छैन ।

वर्षाको शुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय सरकारको अग्रिम तयारी नदेखिएकोले भारी वर्षा सुरु हुँदा जनजिवन प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस