आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट अबैध लागू औसध सहित २ जना पक्राउ

AuthorAP Khabar२०७७ अषाढ १५, सोमबार (३ साल अघि) ६९८ पाठक संख्या

बिरगंज, १५ अषाढ : ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाईको नजिकबाट भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको अवैध लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम यादबले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीले १९२ थान नुर्फिन लगाएतका लागू औषध सहित अवैध लागु औषध बोकेको मोटरसाइकल ना १० प ९१०२ नम्बरको मटरसाइकल नियन्त्रणमा लिएको छ ।

अवैध लागु औषध सहित पक्राउ पर्ने घर जिल्ला पर्सा बिरगंज म. न. पा. वडा न. १२ मुर्ली बस्ने ४५ वर्षिय बाबुलाल साह कानु र ऐ. ऐ. वडा न. ११ श्रीपुर बस्ने ४६ वर्षिय श्रीकान्त ठाकुर लाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ओम यादबले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस