आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय

AuthorAP Khabar२०७७ अषाढ १६, मंगलबार (३ साल अघि) ३१० पाठक संख्या

असार १६ काठमाडौं : सरकारले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडालिटीमा साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र अन्तर्राष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने र प्रदेश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्ने निर्णय गरेको छ ।

यसैगरी काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय समेत बैठकले गरेको छ । अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको र सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुने बैठकमा उपस्थित एक मन्त्रीले भने ।

यसअघि जेठ २८ मा मन्त्रिपरिषद बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय लिएको थियो ।

त्यसैअनुसार अहिले जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशिकाअनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला गरिएको छ । यिनै सेवा खुल्ने गरी सरकारले लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को जेठ २८ मा बसेको बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो । पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने सरकारको नीति थियो । तर, पहिलो चरण सकिएपछि थप २१ दिन सरकारले लकडाउन पहिलो चरणकै जस्तै लम्बाएको हो ।

प्रतिक्रिया दिनुहोस