आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल-भारतबीच सहमति भएको ‘इनर्जी बैकिङ’ के हो ?

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ३९२ पाठक संख्या

काठमाडौं  , पुष १२ : नयाँ विद्युत आयात-निर्यात निर्देशिका ल्याएको एक साता नबित्दै छिमेकी मुलुक भारत नेपालसँग इनर्जी बैकिङमा सहमत भएको छ । भारतको नयाँ निर्देशिकाले नेपालबाट भारतमा विजली बेच्न बाटो खुलेको सन्दर्भ सेलाउन नपाउँदै नेपाल र भारतबीच ठूलो परिमाणमा विजुली अदान-प्रदानको लागि प्रस्तावित मोडल ‘इनर्जी बैंकिङ’माथि सहमति जुटेको छ ।

नेपाल-भारत ऊर्जा आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को बैठक बुधबार भारतमा भएको बैठकमा इनर्जीको बैंकिङ गर्ने समहति भएको छ ।  नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले यसमा समहति जुटाएपछि अब यसका बारेमा सचिवस्तरीय बैकठमा सहमति भएर कार्यान्वयनमा जानेछ ।

सुख्खायाममा हुने विद्युत् अभावलाई नेपालको वर्षायामको बढी हुने विजुलीमार्फत टार्न इनर्जी बैंकिङ अवधारणा ल्याएको थियो । भारतसँग यसअघि यसका लागि पटक-पटक छलफल भएको थियो । तर, यसपटक यसमा ब्रेक-थ्रु भएको छ ।

वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र सुख्खामा उताबाट लिने अवधारणा हो यो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपाललाई बढी हुने बिजुली भारत पठाउने योजना प्राधिकरणको छ ।

त्यसको अहिले पनि नेपालले विभिन्न समयमा बढी भएको विजुली भारतमा पठाउँदै आएको छ । नेपालले गत एक वर्षमा मागभन्दा बढी उत्पादन हुँदाको समयमा ७ करोड रुपैयाँ बराबरको विजुली विहारमा बेचेको थियो भने सुख्खायाममा नपुग ४ अर्ब बराबको विजुली त्यहाँबाट आयात गरेको थियो ।

इनर्जी बैकिङको अवधारणा आर्थिक वर्ष ०६९/७० मै आएको हो । र, सोही वर्षको नेपाल-भारत सचिवस्तरीय बैठकमा यस विषयले प्रवेश पाएको थियो । तर, हालसम्म भारतबाटै वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने बाध्यता रहेका कारण यसलाई प्राथमिकताका साथ हेरिएको थिएन ।

यो पनि पढ्नुहोसइनर्जी बैंकिङमा भारत सहमत, विजुलीको अन्तर्राष्ट्रिय बजार सुनिश्चित

हाल नेपालमा अधिकांश जलविद्युत् आयोजना ‘रन अफ दी रिभर’ प्रणालीमा छन् । वर्षा याममा पूर्ण क्षमतामा उत्पादन हुन्छ, हिउँदमा पानीको बहाव घट्छ र एकतिहाई मात्र उत्पादन हुन्छ । सुख्खायाममा विद्युत् अभाव हुनुको कारण पनि त्यही हो ।

नेपालमा वर्षायाममा नदीको सतह बढेर उत्पादित बिजुली बढी हुन्छ, गर्मी छल्न पंखा, कुलर, एसीलगायत प्रयोग गरिँदा भारतमा भने त्यतिबेलै विजुलीको माग अत्यधिक बढ्छ ।

भारतको अत्यधिक विद्युत् खपत हुने सिजन नै वर्याषाम हो । हिउँदमा त्यहाँ खपत कम हुन्छ भने नेपालमा उत्पादन घट्छ । यही चक्रलाई व्यवस्थापन गर्न सक्दा दुवै मुलुकमा बिजुलीको उपलब्धता पनि सहज हुन्छ ।

भारत जलविद्युतमा पूर्ण निर्भर छैन । त्यहाँजलविद्युतको क्षमता ५० हजार मेगावाट छ । तर, थर्मल, सौर्य र हावाबाट उत्पादित विजुलीले मुलुकको माग धान्दै आएको छ ।

अर्थात्, भारतको बिजुली ‘मिक्सिङ’ प्रणालीमा छ । तथापि, अत्यधिक खपत हुने समयमा जलविद्युत् नै भारतको पनि व्यवस्थापनको आधार हो ।

डिजेलबाट चल्ने थर्मल प्लान्टबाट तत्काल पिक म्यानेज गर्न महंगो पर्छ । यसलाई पुनः सञ्चालन गर्नै घण्टौं लाग्छ । सोलार पनि भरपर्दाे मानिँदैन, त्यसैले भारतका लागि पनि गर्मी सिजनमा पिक म्यानेज गर्न नेपालबाटै आयातित बिजुली बरदान हुने घिसिङ बताउँछन् ।

सुख्खायाममा नेपालका लागि भारतको बिजुली अत्यावश्यक पर्छ किनभने त्यतिबेला हाम्रा नदीहरुमा पानीको सहत घट्छ र उत्पादनमा पनि ह्रास आउँछ । सोही समयमा भारतको सिस्टममा भने माग घट्छ ।

‘बजिुली स्टोर गरेर राख्ने व्यवस्था हामीसाग छैन । त्यसैले कुनै समयमा माग घट्दा बढी भएको बिजुली भारतमा पठाउने र कुनै समयमा हामीलाई माग बढेर समस्या पर्दा उताबाट विजुली किन्ने सट्टापट्टाको अवधारणा नै इनर्जी बैकिङ हो,’ ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन्,’यसका लागि वषर्ा वा हिउँद पनि भनिरहनुपर्दैन । किनभने माग र आपूर्ति हेरेर हरेक समयमा यो गर्न सकिन्छ । ‘

नेपालको विजुली वितरणलाई भरपर्दो बनाउन मात्र नभएर विजुली अयातका कारण विदेशिने विदेशी मुद्रालाई रोक्न पनि इनर्जी बैंकिङ सहयोगी हुनेछ ।

अहिले नेपाल भारतसँग अहिले एकतर्फी बिजुली ब्यापार गरिरहेको छ । ‘हामी क्षेत्रीय मार्केटलाई पनि फोकस गरेर धेरै एक्सरसाइज गरिरहेका छौं । भोलि एक युनिट बिजुली खेर गयो भने त राम्रो भएन नि त,’ प्रवन्ध निर्देशक घिसिङ भन्छन्,’लाइनहरु कनेक्ट भएपछि त उत्पादन हुनासाथ खपत हुने भयो । त्यसैले हामी बुटवल-गोरखपुर बनाउँदैछौं ।’

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस