आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इरानको क्लिनिकमा विस्फोट हुँदा १३ जनाको मृत्यु

AuthorAP Khabar२०७७ अषाढ १७, बुधबार (३ साल अघि) ३७५ पाठक संख्या

असार १७ एजेन्सी : इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो । टेलिभिजन च्यानलहरुले विष्फोटपछि आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो । त्यसको कारण पनि ग्यास लिक भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस