आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेस्टर युनाइटेड विजयी

AuthorAP Khabar२०७७ अषाढ १७, बुधबार (३ साल अघि) ४२६ पाठक संख्या

असार १७ काठमाडौं : इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

लीगअन्तर्गत गएराति म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि ३–० गोलको जित हात पारेको हो । अबे मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले दुई गोल तथा म्यासन ग्रिनवुडले एक गोल गरे ।

ग्रिनवुडले १६ औं तथा फर्नान्डेसले २९ र ५० औं मिनेटमा गोल गरेका थिए । जितपछि ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेड समान खेलबाट समान अंक रहेको वुल्भ्सलाई गोल अन्तरमा पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ ।

उता समान खेल खेलेको ब्राइटन ३३ अंकसहित १५ औं स्थानमा छ । प्रिमियर लीगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।

प्रतिक्रिया दिनुहोस