आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना प्रभावित किसानलाई ब्याजमा छुट, सामान किन्नेलाई बोनस

AuthorAP Khabar२०७७ अषाढ १७, बुधबार (३ साल अघि) ६२१ पाठक संख्या

मनहर्वा  : जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले कोभिड प्रभावित आफ्ना ऋणीलाई ब्याजमा छुट सुविधा दिए छ ।

असार मसान्त सम्मका लागि ल्याईएको सुविधामा २०७६ बैशाष, जेठ र असारको नियमित लाग्ने ब्याजमा १३.३ प्रतिशत र सो भन्दा अगाडीकोमा १० प्रतिशत रकम छुट गर्ने संस्थाले जनाएको छ ।

संस्थाको यसैसाता बसेको बैठकले २०७६ फागुन सम्म भाखा नाघेको कर्जा हुने र ब्याज बुझाउन बाँकी हुने ऋणीहरुले बुझाउँने कर्जाको ब्याजमा १० प्रतिशत छुट सुविधा दिने निर्णय गरेको हो ।

त्यस्तै २०७६ चैत्र, बैशाष र जेठमा परेको कर्जाको किस्ता २०७७ असार मसान्त सम्म स्वत नविकरण गरिदिएको छ । भने नियमित पाकेको ब्याजमा १३.३ प्रतिशत छुट गर्ने निर्णय गत बैषाख ९ गते गरी कार्यान्वयन हुँदै आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन् ।

नयाँ तथा पुरानो ब्याजमा समेत छुट दिने निर्णय भएको हुँदा मौकाको फाईदा उठाउनु हुन सबै ऋणी सदस्यहरुमा संस्थाले अनुरोध गरेको छ । बैठकबाट सामाजिक दुरी कायम गर्दै, शुरक्षा विधि अपनाउँदै संस्थाका गतीविधि पुनः सक्रिय पार्ने निर्णय भएको संस्था अध्यक्ष खड्काले जानकारी दिईन् ।

खड्काले सदस्यहरुको सुविधाका लागि संस्थाले कृषि पसल संचालन गरेको बताईन् । पसलमा विभिन्न खेतीबालीका लागि आवश्यक जैविक मल, रसायनिक मल , उन्नत तरकारीका विउ, विषादी , विषादी छर्कने यन्त्र लगायतका सामाग्री संस्थामा राखिएको छ । सदस्यहरुलाई सुपथ मुल्यमा विक्रि वितरण भैरहेको जानकारी खड्काले गराईन् ।

उनका अनुसा संस्थाको कृषि पसलबाट नियमित रुपमा कृषि सामाग्री खरिद गर्ने सदस्य किसानलाई कारोबारको आधारमा बार्षिक रुपमा बोनस दिने ब्यवस्था गरिने छ ।

संस्थामा २ हजार ४ सय परिवारका सदस्य आवद्ध छन् । उनीहरुका विच ३७ करोड कृषि कर्जा लगानीमा रहेको छ । संस्थाले करिब ३० लाख रकम छुटमा खर्च हुने अनुमान गरिएको अध्यक्ष खड्काले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस