आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटबाट भारतमा लैजाँदै गरेको मदिरा बोकेको ट्याक्टर प्रदेश प्रहरी द्वारा पक्राउ

AuthorAP Khabar२०७७ अषाढ १७, बुधबार (३ साल अघि) ४३१ पाठक संख्या

अमित ठाकुर।रौतहट।असार १७

रौतहटमा गएराती प्रदेश प्रहरीको सादा पोसाकमा रहेको प्रहरीले भारत तर्फ लैजादै गरेको मदिरा सहित ट्याक्टर र ड्राइभरलाई पक्राउ गरेको हो।लकडाउनमा बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाइरसको मौका छोपी तस्कर समुहले बोर्डर ईलाका तस्करीमा संलग्नता रहेता पनि प्रदेश प्रहरीले अबैध मालसमान समात्न कुनै कसर नछोडेको प्रदेश नंबर २ का डिअाईजी धिरज प्रताप सिंहले जनाएको हो।

नेपाल भारत बोर्डर सिल रहदा तस्कर समुहले तराई क्षेत्रमा अबैध भन्सार छली गरि ढुवानी गरिरहेको देखिएको हो। अबैध ढुवानी नियन्त्रण गर्न तथा प्रदेश नंबर २ लाई तस्करी मुक्त प्रदेश बनाउन प्रदेश नंबर २ का प्रहरी कुनै कसर नछोड्ने डिअाईजी सिंहले जनाएको हो।

बिशेष सुकारीको अधारमा प्रदेश २ बाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले ईशनाथ नगरपालिकाको वडा नंबर ३ मठियामा ना.५ त २५५८ नं.को ट्याक्टर सहित अबैध मदिरा पक्राउ गरेको डिअाईजी सिंहले जनाएको हो। तस्कर समुहले राजपुरबाट लौतना हुँदै भारत तर्फ लैजाँदै गरेको ८ लाख ५२ हजारको अबैध मदिरा सहित ट्याक्टर पक्राउ गरेको हो।

भारत बिहारमा मदिरामा प्रतिबन्ध लगाउँदा नेपाल भारत बोर्डरबाट अबैध मदिराको तस्करी भईरहेको बुझिएको हो। गए राति प्रदेश प्रहरीका टोलीले ट्याक्टर चालक रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ६ बस्ने २५ बर्षीय सरोज प्रसाद पटेललाई नियन्त्रणमा लिएको डिअाईजी सिंहले जनाएको हो।

पक्राउ परेको सौफी रक्सी, क्यान वियर, गोल्डेन ओके रक्सी, ट्याकटर र मानिस सहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा पठाईएको डिअाईजी सिंहले जनाएको हो।

प्रतिक्रिया दिनुहोस