आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज–१८ असार २०७७ बिहीवारको राशिफल

AuthorAP Khabar२०७७ अषाढ १८, बिहिबार (३ साल अघि) ३५१ पाठक संख्या

मेष
मेष
 (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

वृष
वृष
 (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन
मिथुन
 (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कर्कट
कर्कट 
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।

सिंह
सिंह 
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या
कन्या
 (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

तुला
तुला
 (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक
वृश्चिक
 (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाईएला ।

धनु
धनु
 (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।

मकर
मकर
 (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कुम्भ
कुम्भ
 (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन
मीन
 (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस