आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा जट्याङ्ग लागेर ४ को मृत्यु ७ घाईते

AuthorAP Khabar२०७७ अषाढ १८, बिहिबार (३ साल अघि) ५६३ पाठक संख्या

एपी खबर
जीतपुर : बारामा जट्याङ्ग लागेर ४ जनाको मृत्यु भएको छ भने ७ जना घाईछे भएका छन् । बिहिवार बिहान वर्षासंगै परेको जट्याङ्गले जील्लाको कलैया उपमहानगरपालिका र फेँटा गाउँपलिकाका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुर बस्ने ३५ वर्षकी आशादेबि महतो, ४० वर्षकी हलीमा खातुन, फेँटा गाउँपलिकाका १ त्रिवेणी गाउँका ३० वर्षकी ईन्दुदेबि महतो र त्रिवेणीकै ४० वर्षकी सुनरपतीदेबि महतो रहेको जील्ला प्रहरी कार्यालय कलैयाले जानकारी दिएको छ ।

खेतमा धान रोप्न गएको समयमा परेको जट्याङ्ग लागेर घाईते भएकाहरुको उपचारका लागि जील्ला अस्पताल कलैया अस्पताल ल्याइएको र उपचारको क्रममा यी ४ जनाको मृत्यु भएको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।

उहाँले खेतमै काम गर्ने क्रममा फेँटा गाउँपालिका १ त्रिवेणीका थप ७ जना घाईते भएको र उनिहरुको बिरगंज अस्पतालमा उपचार भैरहेको जानकारी दिनुभएको छ । घाईते हुनेहरुमा बचवादेबि हजाम, राजपतीदेबि, कान्ती देबि, उमा देबि, लिलाबती देबि, शोसिला देबि र टिला देबि रहेको समेत मिश्रले जानकारी दिनुभयो ।

उपचार हुने मध्ये बचवादेबि हजामको अवस्था गम्भिर रहको समेत प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस