आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय आधारभुत विद्यालय नगौलद्धारा खाजा भत्ता तथा छात्रबृती वितरण

AuthorAP Khabar२०७७ अषाढ १८, बिहिबार (३ साल अघि) ५३६ पाठक संख्या

एपी खबर
जीतपुर : राष्ट्रिय आधारभुत विद्यालय नगौलले आफ्ना छात्र छात्रालाई खाजा भत्ता उपलब्ध गराएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको यस विद्यालयले कक्षा संचालन भएको पौष, माघ र फाल्गुनको गरी ९५ दिन बराबरको खाजा भत्ता उपलब्ध गराएको हो ।

बिहिवार बिद्यार्थीहरुलाई पालै पालो बोलाएर विद्यालयले २ सय ३० जना विद्यार्थीलाई खाजा भत्ता वितरण गरेको विद्यालयका प्रअ बिनोद मिश्रले जानकारी दिनुभयो । साथै यस विद्यालयले कक्षा एकदेखि ८ सम्मका छात्रा, दलित र अपाङ्ग विद्यार्थीहरुलाई छात्रबृती समेत उपलब्ध गराएको छ ।

विद्यालयमा रहेको करिब १ सय ३० जना छात्रा, दलित र अपाङ्ग विद्यार्थीहरुलाई छात्रबृती उपलब्ध गराएको प्रअ मिश्रले जानकारी दिनुभयो । बन्दाबन्दिको यस अवस्थामा विद्यार्थीलाई पालैपालो गरी विद्यालय बोलाएर यो खाजा भत्ताका साथै छात्रबृती उपलब्ध गराएको उहाँले जानकारी दिनुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का महिला सदस्य एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्ध कुमारी अधिकारीको सभाअध्यक्षमा सम्पन्न कार्यक्रम वडाका दलित महिला सदस्य बबिता माझी, स्थानिय नेकपाका नेता देवनारायण चौधरी, विदालय ब्यवस्थापन समितिका सदस्य शुसिलादेबि सिहं, स्थानिय अगुवा फजलेहक अंसारी लगाएत विद्यालयका शिक्षक शिक्षीकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस