आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मृतकका परिवारजनमा रु ५/५ लाखको आर्थिक सहायता र घाईतेहरुको निःशुल्क उपचार गर्न मांग : युवा नेता आलम

AuthorAP Khabar२०७७ अषाढ १९, शुक्रबार (३ साल अघि) ४८९ पाठक संख्या

जीतपुर : नेकपाका युवा नेता मोबिन आलमले चट्याङ्ग लागेर रोपनी गर्ने क्रममा मृत्यु हुनेको परिवारलाई सरकारले ५/५ लाख आर्थिक ससहयोग उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ ।
कृषि प्रधान देश र खास गरी कृषि नै मुख्य पो भएको यस प्रदेशका किसानको खेतमा काम गर्ने क्रममा मृत्यु भएको भन्दै मृत्क परिवारलाई जनहि ५/५ लाख क्षतीपुर्तीको ब्यवस्था मिलाउनुपर्ने नेता आलमको माग रहेको छ । यसैगरी उहाँले घाईतेहरुको निशुल्क उपचार गराउनुपर्ने माग समेत गर्नुभएको छ ।

बिहिबार बिहान भीषण वर्षासँगै आएको चट्याङ्ग लागेर खेतमा रोपनी गर्ने क्रममा ४ जनाको मृत्युभएको थियो भने १० जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस