आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा एक कुख्यात अपराधी पक्राउ गर्न जाँदा DSP सहित ८ प्रहरी मारिए

AuthorAP Khabar२०७७ अषाढ १९, शुक्रबार (३ साल अघि) ४३४ पाठक संख्या

एजेन्सी-
नयाँ दिल्ली
असार १९

भारतमा कुख्यात अपराधी पक्राउ गर्न जाँदा डीएसपीसहित ८ प्रहरी मारिएका छन् । कानपुरको चौबेपुर थाना क्षेत्रका दिकरु गाउँमा बिहीबार कुख्यात अपराधी पक्राउ गर्न पुगेको प्रहरीको टोलीलाई आपराधिक समूहले अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न जाँदा अपारिधक समुहले अन्धाधुन्ध गोली प्रहार भएको थियो ।

गोली लागेर डेप्टी एसपी देवेन्द्र मिश्रा, तीन सब–इन्स्पेक्टर र चार कन्स्टेवलको मृत्यु भएको कानपुर राज्य प्रहरीका महानिर्देशक हितेषचन्द्र अवस्थलीले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।
घटनामा कयौं घाइते समेत भएका छन् । त्यहाँ अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

‘कानपुरका एक कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ गएको थियो । पुलिसलाई रोक्न उनीहरूले जेसीबी तेर्स्याएर बाटो छेकेका थिए। पुलिस टोली पुग्नेबित्तिकै उनीहरूले छतबाट गोली हान्न सुरु गरे । घटनामा प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र मिश्र, तीन सब(इन्स्पेक्टर र चार कन्सटेवल सहिद भएका छन्। अहिले घटनास्थलमा अनुसन्धान टोली पुगेको छ ।’ उनले भनेका छन् ।

घाइते प्रहरीलाई कानपुरको रिजेन्सी अस्पताल भर्ना गरिएको छ । दुवेको टाउकाको मोल भारतीय प्रहरीले २५ हजार तोकेको छ । जिल्ला पञ्चायतका पूर्वसदस्यसमेत रहेका दुबेविरुद्ध ५३ अभियोग रहेको कानपुर प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको भारतीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस