आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरालाई नगर काँग्रेसको आलोचनात्मक सुझाव

AuthorAP Khabar२०७७ अषाढ १९, शुक्रबार (३ साल अघि) ३७६ पाठक संख्या

सिमरा : नेपाली काँग्रेस नगरकमिटी जीतपुरसिमराले उपमहानगरपालिकाको काम कार्वाही प्रति आलोचनात्मक सुझाव गरेको छ । सुक्रबार काँग्रेस नगरसभापती श्यामबाबु गुप्ताको अगुवाई नगरपालिका पुगेको काँग्रेस नेताहरुको टोलीले विभिन्न विषयमा नगरपालिको ध्यानकर्ष गराएको छ ।

निर्वाचनताका जनतासँग गएिका बाचा स्मरण गर्न नगरप्रमुखलाई आग्रह गर्दै पारदर्शिता र जवाफदेहिताको अपेक्षा सहित लेखिएको ध्यानाकर्षण पत्र नगरप्रमुख डा. कृष्ण पौडेललाई बुझाएको हो ।

पत्रमा नगरपालिका स्वच्छाचारी र मनपरि ढंगबाट संचालन गरेको ,बहुमतको दम्भमा मनपरि भएको , किसान सर्वहारा र पिडीतका पक्षमा काम गर्न नसकेको , कोराना भाईरस नियन्त्रणमा प्रभावकारी काम नभएको लगायतका मुद्दा कांग्रेसले उठाएको छ ।

यस्तै गतबर्ष भएको आम्दानी खर्चको वास्तविक विवरण तुरुन्तै नगरसभा गरी सार्वजनिक गर्न, कोरोना अस्थाई अस्पताल निर्माणमा भएको खर्च सार्वजनिक गर्न, नगरभित्र संचालित उद्योगको प्रदुषण नियन्त्रण कडाई गर्न पत्रमा भनिएको छ ।

न्यायपालिकालाइ बलियो बनाई कानुनी अधिकार कार्यान्वयन गरी सम्बन्धीत निकायहरुलाई खबरदारी गरी शुसासनको यूक्त नगर बनाउने काम होस् भनिएको छ । यसैगरी विकास निर्माणका काममा उभोक्ता समिति खडा गरी संस्थागत रुपमा भ्रस्टाचार भैरहेकाले नियन्त्रण गर्न,लक्षीतबर्गको बजेट अन्यत्र खर्च नगर्न, सोको यथार्थ विवरण जनसमक्ष सार्वजनिक गर्न पत्रमा भनिएको छ ।

किसान र साना ब्यवसायीकालागि राहत प्याकेज घोषणा गर्न र वैज्ञानिक आधार ,मापदण्ड निर्धारण गरी वडागत बजेट विनीयोजन गर्न समेत नगरमा बुझाएको ध्यानार्कषण पत्रमा उल्लेख छन् ।

अपराहन्न उपनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको नगर काँग्रेसले सिमरामा पत्रकार सम्मेलन समेत गरेको छ ।कांग्रेस केन्द्रीय प्रतिनीधि, नगरका जनप्रनिधि, पूर्व साँसद, प्रदेशसभा सदस्यहरु सहितको पत्रकार सम्मेलनमा नगरपालिकालाई ३बर्ष सहयोग गरेको तर जनअपेक्षा अनुरुप काम नभएकाले झकझक्याउने सूरु गरेको बताईयो ।

काँगे्रस नेता पूर्व साँसद शोभाकर पराजुलीले कुनै दल र ब्यक्तिलाई लक्षीत गरेर कार्यक्रमको आयोजना नगरिएको बताए । नगरपालिकाले बाटो विराउँदा त्यसको अपजस काँग्रेसले समेत भोग्नु पर्ने विडम्बना आएकाले विकृती र प्रवृती सुधार गर्ने तर्फ पालिका अघि बढोस भन्ने काँग्रेसको धारण रहेको बताए । कानुन ,मापदण्ड विना जथाभावी काम हुँदा काँग्रेस चुपलागेर बस्न नसक्ने उनले बताए ।

नगरसभापती गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा ,पूर्व साँसद पराजुली, प्रदेशसभा सदस्य शोभा लामा, कांग्रेस नेत्रृ नारायणी रायमाझी,कृष्णव्रत सिंह,राजमणी बराल,वडा अध्यक्ष नवराज खड्का,रामबाबु गुप्ता ,शुशिल ढोडारी लगायत दुई दर्जन नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस