आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कपालमा नीलांशीको गिनिज रेकर्ड

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ४८३ पाठक संख्या

भारत  , पुष १२ : गुजरातकी नीलांशी पटेलको सबैभन्दा लामो कपालको अभिलेख बनेको छ । त्यो पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा । १६ वर्षीया निलांशीको कपाल १७०.५ सेन्टिमिटर अर्थात् करिब ५ फिट ७ इञ्च लामो छ । यो अभिलेख २०१९ को हुनेछ । लामो कपाल भएको खबरसँगै नीलांशीलाई फोटोसुटको अफर आउन थालेको छ ।

यसअघि सबै भन्दा लामो कपालको रेकर्ड अर्जेन्टिनाकी ऐब्रिल लांरेन्जटीले बनाएकी थिइन् । उनको कपालको लम्बाइ १५२.५ सेन्टिमिटर थियो । यो रेकर्ड १७ वर्षीया किटो कवाहराले तोडेकी थिइन् । उनको कपालको लम्बाइ १५५.५ सेन्टिमिटर थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस