आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बौधिमाई नगरपालिकाको सरमुजवा आईशोलेसन बाट २३ जना कोरोना मुक्त भएर घर फर्के

AuthorAP Khabar२०७७ अषाढ १९, शुक्रबार (३ साल अघि) १०२९ पाठक संख्या

 अखिलेश कुमार यादव।रौतहट, १९ असार

रौतहटको जिल्लाको बौधिमाई नगरपालिकाको सरमुजवामा अवस्थित रहेको स्वास्थ्य चौकी भवनमा बनाईएको आईसोलेशन बाट आज २३ जना संक्रमण मुक्त भएर घर फर्केका छ।

रौतहट जिल्लामा अहिले सम्म कोरोना संक्रमण जितेर फर्कनेको संख्या ९ सय ९८ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

बौधिमाई नगरपालिकाको सरमुजवामा बनाईएको आइसोलेन बाट विभिन् संक्रमितहरु निकाे भएर डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेहरुमा २२ जना पुरुष मध्य २ जना वडा अध्यक्ष,र ३ जना स्वास्थ्य कर्मचारी एवं २ जना कार्यालय सहयोगी र १ जना महिला गरि २३ जना डिस्चार्ज भएको बौधिमाई नगरपालिकाको सह-स्वास्थ्य संयोजक राकेश प्रसाद यादवले जानकारी गराएका छन ।

डिस्चार्ज गरिएका २३ जनाको हेटौंडा स्थित जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । सो आइसोलेसनमा रहेका २३ जना मध्य २३ जना को रिपोर्ट निगेटिभ आए पछि घर फर्के सगै उक्त आईसोलेशन खाली भएको छ।

अब सो आइसोलेसनमा नयाँ संक्रमित तथा हाल आइसोलेसनमा बस्न नपाएका जिल्लाका संक्रमितहरुलाई राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको छ।

त्यसतै बौधिमाई नपामा रहेको क्वारेन्टाइन समेत खाली भएको छ।

प्रतिक्रिया दिनुहोस