आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नितनपुरमा एसियन मनि ट्रान्सफरको शाखा शुरु

AuthorAP Khabar२०७७ अषाढ २१, आईतबार (३ साल अघि) ६४० पाठक संख्या

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरमा मनि ट्रान्सफरको शाखाको आज एक समारोहका बिच उद्घाटन गरिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा जितपुरका पूर्व गाविस अध्यक्ष देवनारायण चौधरी,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,रेडियो आकाशवाणीका अध्यक्ष राजु राज गिरी, वडा नम्बर ७ का सदस्य दुर्गा रिजाल, एभरेष्ट बैंक सिमरा शाखाका म्यानेजर सिद्धार्थ पराजुली,यामाहा सो रुम जितपुरका संचालक मुग्लेआजम मंसुर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम आसा दाहालको सहजीकरण र एसियन मनि ट्रान्सफरका संचालक म। नुरुल्ला अंसारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस