आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोल बोक्ने ट्याकंरमा १२८ किलो गाँजा, २ जना पक्राउ

AuthorAP Khabar२०७७ अषाढ २१, आईतबार (३ साल अघि) ५८० पाठक संख्या

लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र त्यही ठाउँमा २४ वर्षीय मोहरवान अन्सारी गाँजा पक्राउ ओसार–पसारका प्रक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्यांकरमा गाँजा लुकाएर ओसार–पसार गरिरहेको अवस्थामा पक्राउ गरेको हो । देवान ट्यांकर चालक र अन्सारी सहचालक हुन् ।

ट्यांकरमा १ सय २८ किलो गाँजा लिएर हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस