आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीसँगको भेटवार्तामा प्रचण्डले कित्ता छुट्याएपछि नेपाल पक्ष सशंकित

AuthorAP Khabar२०७७ अषाढ २३, मंगलबार (३ साल अघि) ३७२ पाठक संख्या

असार २३ काठमाडौं । प्रधानमन्त्री एवम् नेपकपा पहिलो नम्बरका अध्यक्ष केपी शर्मां ओलीलाई दुबै पदबाट राजीनामा दिन माग गर्ने समूहमै आशंका र अविश्वास पैदा भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मधव नेपाल पक्षले असार १० गतेबाट जारी स्थायी समितिमा ओलीलाई दुबै पद छोड्न दबाब दिएको थियो, छ ।

तर प्रचण्डले प्रधानमन्त्री ओलीसँगको वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता नेपाल र उनको समूह सशंकित बनेको छ । नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट दोस्रो तहका नेताहरूविनै छलफल अघि बढाउने समझदारी गरेको बुझिएको छ ।

आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले छलफलको गम्भीरताका कारण सहयोगी नेताहरूलाई तत्काल सामेल नगर्ने निर्णय गरेका हुन् । पौडेल र पोखरेल ओली तथा शर्मा र पुन प्रचण्डनिकट नेताहरू हुन् ।

यसअघि उनीहरूलाई राखेर सहमतिको गृहकार्य गर्न अनौपचारिक कार्यदल बनाइएको बताइए पनि नेपालको असन्तुष्टिपछि त्यस्तो कार्यदल नबनेको भन्दै प्रचण्डको सचिवालयले आइतबार राति खण्डन गरेको थियो । ६०-४० प्रतिशतको अनुपातमा एकीकरण भएको नेकपाको शक्ति सन्तुलनमा प्रचण्डपक्षसँग ४० र ओली तथा नेपाल पक्षका ३०-३० प्रतिशत नेताहरू छन् ।

पार्टीको शक्ति मिलाउन नेपाल पक्ष प्रचण्ड वा ओली जुन पक्षसँग निकट भयो, उही बलियो हुने हिसाब नेकपाको छ । यसअघि पनि नेपाल पक्षको साथमा ओलीमाथि दबाब बढाएका प्रचण्डले सहमति गर्दा नेपाल पक्षलाई बेवस्ता गरेको थियो । यो पटक भने क्त समूहबीच भद्र सहमितिपछि ओलीलाई दुबै पद छोड्न दबाब दिएको भनिएको छ ।

‘दुई अध्यक्ष मात्र बसेर खुसुखुसु गोप्य निर्णय गर्ने र अरूले पालना गर्ने कुरा स्वीकार्य नहुने नेपाल पक्षको तर्क छ । विगतमा जस्तै प्रचण्ड ६ जना सचिवालय सदस्यहरूल्ँर्य बाइपास गरेर ओलीसँग चाचोमाचो मिलाए स्वीकार्य नहुने उनीहरुको भनाइ छ ।

नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले भने, हामी त दुईतिर यस्तो विभाजनको स्थिति नहोस् भन्ने चाहन्छौँ । ‘त्यसैले नेता–कार्यकर्ता सबैको चित्त बुझ्ने गरी, पार्टी एकता जोगाउने गरी निर्णय हुनुपर्छ र स्थायी समितिले पनि स्वामित्व ग्रहण गरेर निर्णय हुनुपर्छ । यो कुरा सबै नेताले बुझ्नुभएको छ भन्ने मलाई लागेको छ ।’

दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबारै प्रचण्डसँग आपत्ति जनाएका थिए । तर, यसको अर्थ उहाँहरूबीच अविश्वास छ भन्ने नभएको नेपालनिकट अर्का स्थायी समिति सदस्यले बताए ।

‘कार्यदल नबनाइएको प्रचण्डले प्रस्ट पारिसक्नुभएको छ, उहाँहरू मात्र होइन, सचिवालयका ६ जना नेताहरू बलियोसँग एक ठाउँमा हुनुहुन्छ, स्थायी समितिको बहुमत पनि एक ठाउँमा छ । त्यसैले सबै काम सन्तुलन मिलाएरै गर्नुपर्छ भन्ने कुरा उहाँले बुझ्नुभएकै छ,’ उनले भने ।

सोमबार बालुवाटारबाट फर्किएलगत्तै ओलीसँगको पछिल्लो छलफलबारे प्रचण्डले नेपाललाई ‘ब्रिफिङ’ गरेका थिए । अध्यक्ष प्रचण्ड र नेपाल समूहले सहमतिका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने ‘बटमलाइन’ बताउँदै आएका छन् भने दुवै पदको निरन्तरताबाहेक बाँकी विषयमा छलफल गरेर सहमति खोज्न सकिने ओलीको अडान छ ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्डले भेटमा भएको कुराकानीबारे वरिष्ठ नेता नेपालसहित केही नेताहरूलाई छुट्टाछुट्टै ब्रिफिङ गरेका थिए । प्रचण्ड पक्षीय नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि एक पटक आफूहरू बसेर रणनीति तय गर्ने तयारी गरेका छन् । यता आज पनि ओली र प्रचण्डबीच छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस