आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरिताको ठाउँमा लीलालाई सांसद बनाउने तयारी

AuthorAP Khabar२०७७ अषाढ २५, बिहिबार (३ साल अघि) ६५० पाठक संख्या

असार २५ काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला सांसद बन्ने भएकी छन् ।

समानुपातिक कोटाबाट सांसद बनेकी गिरीले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले कारवाही गरेको हो । गिरीलाई कारवाही गरेपछि बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीलालाई पार्टीले सांसद बनाउने भएको हो ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य सिटौला ललितपुर महानगरपालिका १३ की बासिन्दा हुन् । समाजवादीको तर्फबाट आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद छानिनुका साथै गिरी खस आर्यको कोटामा परेकी थिइन् ।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्।

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्‍यो। जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्।

गिरीले दर्ता गराएको संशोधन प्रस्तावलाई उनको पार्टी संघीय समाजवदी पार्टीलेसमेत समर्थन गरेन। यतिमात्र होइन, संशोधन फिर्ता नलिए कारबाही गर्नेसम्मको चेतवनी पार्टीले थियो। तर, उनी अन्तिम समयसम्म पनि पछि हटिनन्।

सांसद गिरी भारतको विहार प्रदेशस्थित हाजीपुर–सोनपुल जिल्लामा जन्मिएकी हुन्। उनी भारतमै हुर्किएकी हुन्। उनले आइएस्सीसम्मको अध्ययन भारतमै गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस