आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा महोत्सवमा आज आउँदैछन्, बहुचर्चित गायिका आस्था राउत सहित हरि कर्मचार्य र भोजराज काफ्ले

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४४१ पाठक संख्या

सिमरा , पौष १३ : बाराको सिमरा रङ्गशालामा जारी दोश्रो सिमरा औद्योगिक व्यापार कृषि तथा खेलकुद महोत्सवको सातौं दिन शुक्रबार आस्था राउत सहितका कलाकारहरुको प्रस्तुति  हुँदैछ ।

आयोजक औद्योगिक शान्ति नेपालका सन्दिप महतका अनुसार शुक्रबार महोत्सवको सांगितिक कार्यक्रममा अहिलेका चर्चित गायिका आस्था राउत सहित हरि कर्मचार्य, लोक गायक भोजराज काफ्ले, ध्रुब बिस्को लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

सिमरा फाण्डेशनको मूख्य आयोजनामा ६ पुष देखि जारी महोत्सव आगामी १६ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस