आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको शिवनगरमा सहकारी सम्बन्धी तिनदिन तालिम सम्पन्न

AuthorAP Khabar२०७७ अषाढ २५, बिहिबार (३ साल अघि) १७८१ पाठक संख्या

ओम प्रकाश यादव

अषाढ २५ गते, रौतहट । रौतहटको शिवनगरमा तिनदिने एक वर्ष भन्दा कम समय भएका सहकारी संस्थाहरुलाई अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र सदभाव कृषि सहकारी संस्था लि. जयनगर २ रौतहटको आयोजनामा उक्त तालिम सञ्चालन भएको थियो ।

तालिममा विभिन्न सहकारी संस्थाहरुबाट गरी ३५ जनाभन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए ।

सहकारी क्षेत्रमा संलग्न सदस्य र संचालकहरुलाई आवश्यक सीप, ज्ञान, शिक्षा तथा तालिम प्रदान गरी अझै दक्ष बनाउने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको थियो ।

तालिमले व्यक्तित्व विकास कार्यक्षमता र कार्यदक्षताको विकास र आएका समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ त्यसैले यस तालिम मार्फत कार्य कुशलतामा बृद्धि हुदै स्वस्थ प्रतिश्पर्धा गर्न सक्ने क्षमतामा बृद्धि गराउनु, जनशक्तिको भरपुर सीप ज्ञानको विकास गर्दै व्यक्ति विकासमा टेवा पुर्याउने र आवश्यक थप जनशक्तिलाइ समेत विकास मुलक, सेवा मुलक र जनमुखी वनाउने यो तालिमको प्रमुख उद्देश्य रहेको थियो ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले सहकारीले गरिवि अन्त्य हुने भएकोले थोरै बचत गर्ने बानी बसाले गरिवि अन्त्य हुने कुरामा जोड दिनुभएको थियो ।
तालिममा जसपाका युवा नेता सुनिल यादवले महत्वपुर्ण सहयोगी भुमिका निर्वाह गरेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष सविता कुश्वाहाले अन्त्यमा तालिम समाप्न भएको घोष्ण गरेकि थिईन ।

प्रतिक्रिया दिनुहोस